लुम्बिनी

सात बर्षिया बालिका बलात्कार गर्न खोज्ने आलम हतकडी

बेझाड । रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका आलमलाई राति ९ बजे रामपुर नगरपालिका–५ स्थित मटेरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले जानकारी दिए

“बालिका बलात्कृत भएको खबर ७ः३० बजे हामीकहाँ आयो, त्यसलगत्तै टोली खटिएर बलात्कारीलाई पक्राउ गर्न सफल भइयो”, उनले भने । बालिका बलात्कार गर्ने आलमलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको छ ।