विचार/ब्लग

नेबिसंघको अबको बाटो

तारक प्रतिभा/ नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रिय समितिको तिन महिना थपिएको कार्यकाल समाप्त हुन करिब दुईदिन बाँकी छ । दुई बर्ष भित्रमा विधि र प्रक्रिया सम्मत महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सहित निर्वाचित केन्द्रिय समिति विविध चुनौति र समस्याहरु संग सामना गर्दै अगाढी बडदै गर्दा हामीहरुले तिन महिनाभित्र गर्नुपर्ने बिवादित ११ जिल्ला र क्याम्पसहरुका अधिवेशन सम्म पनि सम्पन्न गर्न नसकेको तितो यतार्थलाई अस्विकार गर्न मिल्दैन । धेरै प्रयत्न र पहल कदमीका बाबजुद ११ जिल्लामा पदाधिकारी तहबाट प्रतिनिधिहरु खटाईएपनी हामी भित्रकै धमिलो पानीमा ढुंगा हानेर माछा मार्न चाहाने प्रवृतिका कारण आवश्यक अन्य प्रक्रिया अगाढी बडन सकेन ।

यसो भन्दै गर्दा बिग्रेका र समस्या उत्पन्न भएका सवै कुराको दोष अरुलाई दिएर आफु उम्कन खोजेका भने होइनौ । सम्बन्धित जिल्लाकै पार्टी भित्रकै केही समस्या,स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभा निर्वाचन लगायत मुलुकमा उत्पन्न विविध समस्या र घटनाक्रमहरु पनी विबादित ११ र क्याम्पस अधिवेशन निर्देशक समितिले दिएको समयावधिभित्र अधिवेशन सम्पन्न हुन नसक्नुका कारणहरु थिए । तर अव परिवर्तित सन्र्दभमा हामी विबादित ११ जिल्ला सहित समय पुगेका सवै जिल्ला, क्याम्पस, विश्व विद्यालय र विदेश स्थित जनसम्र्पक समितिका अधिवेशन उन्मुख हुन भईरहेको बिलम्बवारे अत्यन्त गम्भिर छौ तर अधिवेशनका लागी भरमग्दुर प्रयत्नशिल रह्यौ की रहेनौ निर्मम आत्मसमिक्षा गरौ ।

वर्तमान केन्द्रिय समितिसंग आम विद्यार्थीहरुका धेरै अपेक्षाहरु रहेका थिए । मुलुकको बदलिदो राजनैतिक परिवेश, यसले नेपाली समाजमा ल्याएको परिवर्तन र मुलुक संघिय संरचनामा प्रवेश गर्ने अभ्यासमा रहदै गर्दा अव हामीहरु पनी सो अनुकल अभ्यास गर्नुपर्ने र हाम्रा सांगठनिक स्वरुप,संरचना र गतिविधिहरु पनी त्यतातर्फ केन्द्रित गर्नुपर्ने नया जिम्मेवारी तपाई हामी सवैको हो र थियो तर आन्तरिक साँगठनिक जीवनमा विभिन्न समुह गुट हुदै गिरोहकै रुपमा मात्र लिप्त हुदा यो युगिन अवसरबाट हामी चुकेको सत्यलाई तोडमरोड गर्न मिल्दैन । जसका लागी नेविसंघ केन्द्रिय समिति नितिगत रुपमा आफनो स्वरुप र ढाँचामा परिवर्तन गर्दै यसको व्यबहारिक अभ्यास र कार्यान्वयनमा जान प्रयासरत रहेको थियो पहल र प्रयत्नहरु अविराम जारी राख्नैपर्दथ्यो ।

वर्तमान समितिले आसन्न महाधिवेशनका पक्षमा केन्द्रित गर्ने हर प्रयास गर्दापनी समितिका महत्वपुर्ण जिम्मेवारीमै रहनुभएका सवै पक्ष र तह तप्काले केन्द्रिय समिति र नेतृत्वलाई समेत सहयोग गरेर विधिसम्मत महाधिवेशनको पक्षमा वातावरण सृर्जन गर्नेतर्फ लाग्नुपर्नेमा उल्टै पार्टी नेताहरुलाई समेत क्याम्पस इकाई सम्म समानान्तर समिति र गतिविधिमा सहभागी गराउदै हिडनुले नै निर्धारित समयमा महाधिवेशन सम्पन्न हुन नसक्ने गतिविधिमा बल पुर्याएको हो ।

कार्यकाल समयावधिभित्र नै महाधिवेशन गरी नया पुस्तालाई नेतृत्व हस्तान्तरण गदै संघलाई गतिशिल र समयानुल गराउने र वर्तमानमा वाम गठबन्धनका नाममा मुलुक र मातृ पार्टी नेपाली काँग्रेसका सामु खडा भएका चुनौतिको सामना गर्न ब्यवहारत एकजुट हुने हो भने संघको विधि, बिधान र प्रक्रियामा सहभागी हुदै बृहत र भावनात्मक एकताको सञ्चार हाम्रा सवै निकायमा गराउनु सवै सदस्यहरुको अहं जिम्मेवारी हो । निर्वाचित समितिभित्रै बसेर समस्याहरुका सन्र्दभमा छलफल, बहस र गतिविधिहरु गर्नुको साटो प्रत्येक कार्यक्रममा समानान्तर गतिविधिहरु गर्ने र चरम गुटबन्दी सृर्जना गरेर गरिने कार्यक्रमहरुले नत साँगठनिक हित गरयो नत राजनैतिक नै । विधान त निर्वाचित अध्यक्षले वैधानिक तजविजमा गर्न पाउने नियुक्ती र मनोनयनका बिषयलाई लिएर हरेक गतिविधिपच्छिे साँगठनिक हित विपरित कार्य गर्नु र केन्द्रिय समितिलाई असहयोग गर्नु संठनमा बुढी मरी भन्दा पनी काल पल्केको रुपमा लिन सकिन्छ । आज नेतृत्व र केन्द्रिय समितिलाई समिति भित्रबाटै गरिने असहयोग र अराजक गतिविधिले भोली नेतृत्वमा स्थापित हुने जो कसैलाई पनी यस्तै असहजताबाट गुज्रनुपर्ने निरन्तरताको सुरुवातको रुपमा बुझन बेर लाग्नु हुदैन ।

जसरी आज मुलुक नेपाली काँग्रेस र नेविसंघका सामु चुनौतिका पहाडहरु तेर्सिएका छन तिनलाई सहज ढंगले समाधान गर्दै नेविसंघभित्र बृहत आन्तरिक एकता कायम गर्दै अगाढी बढ्नेतर्फ हाम्रा गतिविधिहरु केन्दित्र गर्न सकेमा सबैको भलाई छ । तर एकले अर्काप्रति दोषारोपण मात्र गर्ने र आफु पानी माथीको ओभानो बन्न मात्र खोज्ने हो भने हामी भन्दा अगाढी समय घर्की सकेको छ र हामी आरोप प्रत्यारोपमा रुमल्लीदै गर्दा थप असफलता विघटन र संसयको भुमरीतर्फ अगाढी बडेका छौ । आन्तरिक साँगठनिक जटिलताका बाधाहरु सुल्झाउदै नेविसंघलाई नया गति र मति दिने हो भने सवैले आ–आफ्नो पद र जिम्मेवारी अनुरुपको जिम्मेवारी बहन गर्ने स्वर्णिम अवसरबाट भने भाग्न हुदैन यसैमा सबैको भबिश्य निहित छ ।

( लेखक केन्द्रीय सदस्य नेबिसंघ केन्द्रीय सदस्य हुन् ।)