अन्तर्राष्ट्रिय

पाकिस्तानका प्रधानमन्त्री इमरान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् ।

उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लाग्नु भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उनले भ्रमणका बेला मलेसियाका समकक्षी महाथिर मोहम्मदलाई भेट्ने मन्त्रालयद्वारा विहिबार जारी वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री भएपछिको उनको यो पहिलो मलेसिया भ्रमण हो । भ्रमणका क्रममा उनले देशका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

“प्रधानमन्त्री खानको भ्रमण दुई पक्षीय हित र सहकार्यका विषयमा केन्द्रित हुनेछ, नयाँ सम्भावनाहरूका विषयमा पनि उनीहरूले छलफल गर्नुहुनेछ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।