सामाजिक सञ्जाल

जर्मनीबाट पुष्प थापाको प्रस्तावः भ्रष्टाचारी, तस्कर र डनलाई एयरपोर्टमा स्वागत नगरौं

काठमाण्डौ । जर्मनीमा बसेर ब्यावशाय गरिरहेका गैर आवाशीय नेपाली संघका सल्लाहकार पुष्प थापाले नेपालमा भ्रष्टाचार गर्ने, गुण्डागर्दी गर्ने, कालो बजारीया, तस्करी गर्नेहरुलाई बिदेश भ्रमणमा आउदा स्वागत गर्न एयरपोर्टमा नै जाने चलनको कडा शब्दमा बिरोध गरेका छन् । उनले, कतिपय नेताहरुले देश र जनतालाई ब्रम्हलूट गरी आफ्नो उत्तरदायिकपुर्ण जिम्मेवारी पारदर्शी र प्रभावकारी तरिकाले निर्वाह नगरे पनि गैर आवासिय नेपालीहरुबाट मान सम्मान लिन भने लाज मानेका छैनन् तर त्यसलाई गैरआवाशीय नेपालीहरुले बुझेर सम्मान गर्नुपर्ने औंल्याएका छन् ।

उनको फेसबुक स्टाटकः “गैर आवासीय नेपाली साथीहरूले नेपालबाट बिदेश घुम्न आएका भ्रष्ट नेता, कर्मचारी, तस्कर कलोबजारी, अपराधी, डन, माफिया, देश द्रोही देश र जनताका दुश्मनहरुलाई विमान स्थलमा पुगेर हार्दिक स्वागत नगर्दा धेरै उपयुक्त हुन्छ। यस्तो चाकडीबादको प्रथाले देश द्रोही र अपराधीकरणले निरोत्साही भन्दा पनि धेरै प्रोत्साहन पाउने गर्दछ। दलाली र चाकडीबाद्को उपलब्धि भनेको नै सेल्फीले सामाजिक संजाल रङाउने मात्र हुन्छ। भ्रमिक झुटा र जोशिला भाषण गर्न कला कौशिल भएका पेशेवरहहरुले गैर आवासिय नेपालीहरुलाई मख्ख पार्ने गर्दछन् । लाजै लाग्दैन बिकशित मुलुकको लोकतान्त्रिक स्वतन्त्रताको महत्वलाई बिर्सिएर भ्रष्टहरुको अन्तरक्रियाले गैर आवासिय नेपालीहरुलाई आकर्षण गरि रहेको छ। देश र जनतालाई ब्रम्हलूट गरी आफ्नो उत्तरदायिकपुर्ण जिम्मेवारी पारदर्शी र प्रभावकारी तरिकाले निर्वाह नगरे पनि गैर आवासिय नेपालीहरुबाट मान सम्मान लिन भने लाज मानेको देखिदैन।”