सुदूरपश्चिम

निर्बाचनका लागी झोलुङगे पुल ४८ घन्टा बन्द !

दार्चुला । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नोबेम्बर १८ (कात्तिक २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म धार्चुला उक्त निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो ।