समाचार

सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख घुष सहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकील कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने प्रलोभन देखाइ सहन्यायाधिवक्ता थापा रु पाँच लाख घुस लिँदालिँदै पक्राउ परेका थिए ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।