आर्थिक

ग्लोबल आईएमई बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनी बीच मंगलबार ब्यान्कासोरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक काएक सय ३२ वटै शाखाहरु मार्फत एशियनलाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता–पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्गसेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवाप्रदानगर्दै आइरहेकोछ । बैंकले एक सय ३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटाएक्सटेन्सन काउण्टर तथा १०४शाखा रहित बैंकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना ९ लाख५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेकोछ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझसेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।