राजनीति

सभापतिलाई काउण्टर दिन पौडेल–कोईराला–सिंह पक्ष भए एकजुट, देउवा झसंग

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजता कोईरालाको मण्डिखाटारस्थीत निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले बैठक गरेका छन् । सभापति देउवालाई काउण्टर दिन डाकिएको अनुमान साझै लगाउन सकिने उक्त बैठकमा काँग्रेस बिरष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसाँक कोईराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा. शेखर कोईराला, सूजाता कोईराला, अर्जुन नरसिंह केसी, डा रामशरण महत गरी जम्मा ७ जना नेताहरुको उपस्थिति रहेको थियो ।

पूर्ब संस्थापनले १४ औं महाधिवेशनमा नराम्रोसंग हार ब्यहोरेपछि उनीहरु एकत्रित भएर पुनः आउदो महाधिवेशनमा सभापति देउवालाई कुनै हालतमा हराई आफूहरु स्थापीत हुने उद्येश्यमा बैठक डाकिएको स्रोतको दाबी छ।

नेपाली काँग्रेसको आउदै गरेको १४ औं महाधिवेशनमा बरिष्ठ नेता पौडेलपछि सभापतिका प्रत्यासीका रुपमा देखिएका महामन्त्री डा. शसांक कोईराला, डा. शेखर कोईराला र प्रकाशमान सिंह तीनजनानै उक्त बैठकमा उपस्थिति थिए । उनीहरुले सभापति देउवाले केन्द्रीय समितिमा बहुमत भएका कारण पार्टीभित्र पेलेर लगेको भन्दै आफूहरु जसरीपनि मिल्नुपर्ने र मिल्दा आधारभुत मापदण्ड बनाएर कस कसलाई काहाँ अटाउने बिषयमा छलफल शुरु गरिएको बताईएको छ ।

पहिला संस्थापन पक्षमा रहेर काँग्रेस राजनीतिमा स्थापीत भएका कृष्ण प्रसाद सिटौलाले १घ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन भूमिका खेलेपनि पछिल्लो समय सिटौला सभापति देउवासंग रुष्ट छन् । उक्त बैठकमा सिटौला सहभागी नरहेपछि डा. शसाँक कोईराला, डा. शेखर कोईराला र प्रकाशमान सिंहसंग नियमित छलफल गरिरहेका समाचारहरु आईरहेका छन् ।

नेपाली काँग्रेसको पार्टी सभापति बन्न १४ औं महाधिवेशन आउन धेरै समय बाँकी भएपनि नेताहरु आफ्नो पक्षमा माहौल बनाउन कम्मर कस्सेर लागेका छन् । काँग्रेसमा धेरैजसो नेताहरु देश दौडाहामा समेत जान थालेका छन्र । सभापति देउवा भने १४ महाधिवेशनको लागी शुन्य तयारीमा छन् । उनले काँग्रेस केन्द्रीय कार्यालयको एक कार्यक्रममा आफू नथाकेको र सभापतिमा आफू नै दोहोरिने स्पष्ट संकेत दिएका थिए । सभापति देउवा पुनः सभापतिमा उठे अन्य नेताहरु उक्र पदका लागी दौडमा लाग्नु ब्यर्थ रहने नेपाली काँग्रेसका एक नेताले सुर्यखबरलाई बताए । अर्कोतर्फ कुरा गर्दा देउवाको कार्यकालमा उनी आलोचित मात्र भएका कारणले अर्कोपक्ष एकजुट भएर आए सभापति देउवालाई लडाउन सहज हुने समेत उनले खुलस्त गरे ।

तत्कालीन सभापति तथा पूर्ब प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाकी पुत्री समेत रहेकी सुजाता निवासमा नेताहरुको भेटघाटको तस्वितर सार्बजनिक भएपछि सभापति देउवा झस्किएको बताईएको छ । उक्त बैठकपछि सभापति देउवाले उनीहरुलाई पेल्न कुनै राजनीतिक रणनीति बनाउने अनुमान लागाउन सकिन्छ ।

१३ औं महासधवेशनमा सभापतिमा लडेका नेता सिटौलालाई मनाई सभापति देउवाको टिममा बसेर उनीसंग रुष्ट रहेका नेताहरुलाई समेत आफूहरुको टिममा संलग्न गराउने बिषयमा समेत छलफल भएको बताईएको छ ।