समाचार

लोकतन्त्रको सम्वर्धन र संरक्षणमा सबैको एकता आवश्यक छः सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘छठ पर्व’ का अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्वाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र ‘छठ पर्व’को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबै चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
“मुलुकलाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ । लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्रको सम्वर्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ”, उनको शुभकामना सन्देशमा भनिएको छ, “छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा मिलोस् ।”