आर्थिक

स्वाईप कार्डमार्फत जनता लुट्ने यस्तो देखियो मेगा बैंकको ठगी धन्दा !

काठमाण्डौ । मेगा बैंकले आफ्नो स्वाईप कार्डमार्फत जनता ठग्ने गरेको भेटिएको छ । रेष्टुरेण्ट सपिङ कम्प्लेक्स लगायतमा पछिल्लो समयमा आफ्नो एटिएम कार्ड मार्फत रकम तिर्ने मेगा बैंकका उपभोक्ताहरुले होस पुर्याउनुपर्ने भएको छ ।

दिबश कार्की पुरानो बानेश्वरको एक रेष्टुरेण्टमा खाजा खाएको रुपैयाँ एक हजार तिर्दा उक्त बैंकले दुइ हजार काटेको छ । रेष्टुरेण्ट संचालकलाई सोध्दा उक्त समस्या आफूहरुको नभएको बरु बैंकको कार्ड नै खराब भएको बताएका छन् ।

मेगा बैंकका कर्मचारी दिबश कार्कीका अनुसार उक्त समस्या सामान्य टेक्निकल समस्या भएको र उक्त डबल काटेको भए निबेदन हाले बैंकले फिर्ता गरिदिने बताएका छन् । तीन हजार भन्दा बढी प्रोमोटर भएको मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा अनुपमा पुञ्जाली छन् भने अध्यक्षको रुपमा भोजबहादुर शाह छन् ।

बैंकभित्र बिभिन्न प्रकारका बिबाद आईरहेका बेला मेगा बैंकमा आएको पछिल्लो ग्राहक ठग्ने योजनाले उपभोक्ता मेगा बैंकबाट सचेत हुनुपर्ने देखिन्छ । सुर्यखबर प्रतिनिधिले मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा कुंजेलीलाई फोन गर्दा रिङ उठेन ।

यसरी रकम डबल गएपछि क्लेम गरेमा फिर्ता हुने गैरजिम्मेवार अभिब्यक्ती दिएको छन्, चेक साट्न समय नभएर कार्डबाट तिर्ने बानी परेका उपभोक्ताले क्लेम गर्ने समय कत्तिको पाउलान त्यो मेगा बैंकले जान्ला !

काटिएको म्यासेज रकम

मेगा बैंकको स्विफट मेसिन राख्ने उपभोक्ता रेष्टुरेण्ट