राजनीति

मन्त्रिपरिद बैठक : तीन देशमा राजदूत सिफारिस, भारतका लागि निलाम्बर सिफारिस

काठमाडौँ । सरकारले भारतको राजदूतमा पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले पूर्व कानूनमन्त्री आचार्यलाई भारतको राजदूत नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। आचार्य पूर्व कानूनमन्त्री तथा नेपाल–भारत इमिनेन्ट पर्सन्स ग्रुप (इपिजी) का सदस्य हुन्।

मन्त्रीपरिषदले आचार्यसँगै मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकाललाई राजदूत सिफारिश गर्ने निर्णय गरेको हो। पूर्व एमाले नेता पाण्डे यसअघि युएईको राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

त्यसैगरी जेनेभास्थित स्थायी प्रतिनिधी रहेका दिपक धितालको म्याद थप्ने निर्णय पनि मन्त्रीपरिषदले गरेको छ।

यसैगरि मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी अस्पतालका चिकित्सक प्राविधिक नायब महानिरीक्षक दुर्गा थापालाई अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस गरेको छ। अस्पतालका एआईजी दिनेशचन्द्र पोखरेल अनिवार्य अवकाश भएपछि प्रहरीको एकमात्र प्राविधिक एआईजी खाली थियो।