आर्थिक

बैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट, बंगलादेश इन्ष्टिच्यूूट म्यानेजमेन्टबीच सहमति

काठमाण्डौ । बैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेशबीच बैकिङ्ग तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दिर्घकालीनरुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका बीच ढाका स्थित बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा े लक्ष्मीपूजाका दिन हस्ताक्षर सम्पन्न भएको छ ।

सहमतिपत्रमा बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध संचालक डा. विनोद आत्रेय र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टको तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा.तोफिक अहमद चौधरीले हस्ताक्षर गरेका थिए ।

नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरु र इमर्जिङ्ग नेपालले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालले बंगलादेशको केन्द्रीय बैंक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैैैंकहरुद्धारा प्रर्वद्धित सन् १९७४ देखि संचालनमा रहेको बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टसंगको सहकार्यमा सर्टिफाइड शैक्षिक कार्यक्रमहरु संचालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरु आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यहरु मार्फत नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छ ।

बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौँ बार्षिक बैंकिङ्ग सम्मेलनका अबसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपालका संचालकद्धय श्री भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरु र इमर्जिङ्ग नेपालले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको संस्था हो ।