मनोरञ्जन

माघे संक्रान्तीमा ३ सिनेमा भिड्दै

काठमाडौँ । अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको सिनेमा भिलेनको फस्टलुक सार्वजनिक गरिएको छ  । पौष २७ गतेबाट प्रदर्शनमा आउने भिलेनको फस्ट लुकमा अभिनेता निखिललाई मात्र समावेश गरिएको छ ।

तर यो सिनेमामा उनीसँगै शिल्पा पोखरेल, निशा अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो सिनेमाको फस्ट लुक सँगै प्रदर्शन पनि सार्वजनिक गरिएको हो ।
वितरक सुनिल मानन्धरले सिनेमाको प्रदर्शन मिति माघे संक्रान्तीको छेको पारेर पौष २७ लाई पक्का गरेका हुन् ।

देवेन्द्रराज पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमा अन्य दुईवटा सिनेमासँग भिड्ने भएको छ । किनभने यो मितिमा यसअघि नै २ वटा सिनेमाले प्रदर्शन मिति तोकिसकेका छन् । कमेडी कथामा बनेको सिनेमा ‘चौका दाउ’ र लभस्टोरी कथामा बनेको सिनेमा ‘ब्रेकअप’ यो मितिमा प्रदर्शन हुँदैछन् ।

अब, एउटै मितिमा ३ वटा सिनेमा भिड्ने भएका छन् । यी तीनवटा सिनेमा मध्ये कसले जित्ला दर्शकको मन  ? त्यसको लागि भने पौष २७ नै कुर्नुपर्ने देखिन्छ ।