बाग्मती

एउटै जुवा खालबाट ३३ जना पक्राउ

भक्तपुर ।  सूर्यविनायक नगरपालिका १० मा एउटै जुवाको खालबाट ३३ जना पक्राउ परेका छन्।

जिल्लाको चित्तपोलस्थित एक कुखुरा फार्ममा जुवा खेलिरहेका ३३ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो। स्थानीय २५ वर्षिय प्रवीण त्वातीले सञ्चालन गरेको सो फार्ममा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी दिउँसो २ बजे छापा मारी ३३ जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरूको परिचय सार्वजनिक गरेको छैन।

प्रहरीले सो जुवा खालबाट तीन लाख ८४ हजार दुई सय ३० रुपैयाँ र १६ थान कौडा बरामद गरेको जनाएको छ।