पर्यटन/संस्कृति

‘अञ्जली दिदी’ : जसले लगाइन् २०० जनालाई भाइटीका

काठमाडौं । दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अञ्जली मास्केले भाइटीका लगाइ दिएकी छन् ।

मास्केले झण्डै २०० जनालाई टीका लगाइ दिइन् । उनले सगुन भने २०८ जनालाई तयार गरेकी थिइन् । वि.सं. २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएकी थिइन् ।

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिइन् ।