पु.समाचार

दिदीबहिनी, दाजुभाइ नहुनेले कोसँग लगाउने टीका ?

काठमाडौँ । आज भाइटीका अर्थात् दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्ने दिन।

आफ्नै दिदीबहिनी हुने दाजुभाइले त उनीहरूसँग टीका लगाउँछन्। नहुनेले के गर्नेरु सहोदर (एउटै आमाका सन्तान) दिदीबहिनी नहुने दाजुभाइले काका, मामा वा फुपूका छोरीको हातबाट टीका लगाउने चलन छ।

यस्तै कतिले बुबाका दिदीबहिनी अर्थात् फुपूको हातबाट टीका लगाउँछन्। दिदीबहिनीकी छोरी अर्थात् भाञ्जीबाट पनि टीका लगाउन हुन्छ भन्ने मान्यता कतैकतै चलेको पाइन्छ। कोही नभए तुलसीको डाँठले आफैंले टीका लगाउने पनि भेटिन्छन्।

काठमाडौंमा भने दिदीबहिनी नहुनेहरू रानीपोखरीस्थित बालगोपाल वा यमलेश्वर महादेवको दर्शन गरी टीका लगाउने चलन रहेको छ ।

मन्दिर परिसरमा भेटिने दिदीबहिनीको हातबाट निधार सप्तरंगी बनाउने पनि धेरै हुन्छन्।