राजनीति

बिगतका कमजोरी सुधार्दै काँग्रेसलाई बलियो बनाउने अभियानमा लागौं: सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि हालतमा सबै मिलि आगामी निर्बाचनबाट काँग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेसभित्र नै आपसी मनमोटावका कारण पार्टीले पछिलला निर्बाचनमा हार ब्यहोर्नुपरेको बताउदै अबदेखी सबै नेता कार्यकर्तालाई पार्टीको एकताबद्ध अभियानमा सकृय रहन आग्रह गरेका छन् ।

दशैं, तिहार र नेपाल सम्बतको अवशरमा भक्तपुरमा आयोजीत कार्यक्रममा बोलदै पूर्ब प्रधानमन्त्री समेत रहेका सभापति देउवाले काँग्रेस कार्यकर्ताहरुलाई निर्बाचन हारबाट निरास नहुन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै शंखधर साख्वाले गरिबी निवारणमा योगदान गरेको बताउदै बिगतको हारबाट सिक्नुपर्ने सबैको समय आएको बताएका छन् ।

कार्यक्रममा गल्ति सबैबाट हुने र गल्ति भए दोहोर्याउने काम गर्न नहुने बरु सुधार्दै अगाडी बढ्नुपर्ने उनले बिचार ब्यक्त गरे ।