लुम्बिनी

जुवा खेलिरहेका १९ जना थुनामा, एक लाख २१ हजार रुपैयाँ बरामद

कपिलवस्तु । प्रहरीले गएराति कपिलवस्तु नगरपालिका वडा नम्बर ८ को दोहनीमा सञ्चालित जुवा खालमा छापा मारेर १९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राति झण्डै १ बजे दोहनी चोक किनारको एक चामल मिलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवी रावलले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राति जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

जुवा सञ्चालनमा नियन्त्रण गर्न प्रहरीले सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतमा बजारहरुमा नियमित रुपमा रात्री गस्ती बढाएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।