खेलकुद

रियलद्वार भिक्टोरिया ५–० गोलको फराकिलो अन्तरले पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनमाथि शानदार जित निकालेको छ ।

गए राति भएको खेलमा रियलले भिक्टोरियालाई ५–० गोलको फराकिलोअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे भने क्यासिमिरो, ग्यारेथ बेल र टोनी क्रुसले पनि गोल गर्न सफल भए ।

बेन्जिमाले खेलको २०औं मिनेटमा नै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात खेलको २३औं मिनेटमा क्यासिमिरोले गोल गरेपछि रियलले दोब्बर अग्रता बनाएको थियो । बेन्जिमाले खेलको ३७औं मिनेटमा गोल र्दै रियललाई तेब्बर अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा खेलको खेलको ४०औं मिनेटमा बेलले गोल गर्दै रियललाई ४–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ४–० गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको ६७औं मिनेटमा क्रुस गोल गर्दै रियललाई ५–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि रियलले शानदार जित निकालेको हो ।