सुदूरपश्चिम

मोहना नदिमा डुबेर बेपत्ताको शव फेला

धनगढी । धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदीमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

धनगढी उप–महानगरपालिका १९ का कृष्ण वलीको आज शव फेला परेको हो। वली हिजोदेखि मोहना नदीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले आज बेलुका ६ बजे शव निकालेको हो। घटनाको नेपाल प्रहरीले मुचुल्का उठाउको छ।

सशस्त्र प्रहरी निरिक्षक पुरुषोतम भण्डारीको नेतृत्वमा २ जना गोाखोर सहितको टोली खोजी कार्यमा खटिएको थियो।