आर्थिक

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने, ऋण ल्याउन सकिने सीमा बढ्यो

काठमाडौँ । अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो ।

बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए।

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो। ‘स्वदेशी पर्यटनलाई प्रवर्द्धन र विदेशी पर्यटनलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको हो,’ उनले भने।

यसैगरी राष्ट्र बैंकले विदेश जाँदा प्रयोग गरिने टेलिग्राफिक ट्रान्सफर (टीटी) को सीमा पनि घटाएर एक पटकमा ३० हजार अमेरिकी डलर बनाएको छ। यसअघि यस्तो सीमा प्रतिपटक ४० हजार अमेरिकी डलर थियो।
विदेशबाट ऋण ल्याउन सकिने सीमा बढ्यो :

अब वाणिज्य बैंकले विदेशबाट आफ्नो पुँजीको ५० प्रतिशतसम्म ऋण लिन पाउने भएका छन्। यसअघिको २५ प्रतिशतसम्म मात्र ऋण लिन पाउने सीमा बढाएर ५० प्रतिशत पुर्‍याएको हो। मंगलबार परिपत्र जारी गरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको छ।

पछिल्ला वर्षमा ऋणको माग उच्च भएको र सो अनुपातमा निक्षेप संकलन हुन नसकेपछि राष्ट्र बैंकले बैंकहरूलाई विदेशी मुद्रामा ऋण लिन पाउने सुविधा दिएको थियो। बैंकहरूले विदेशबाट ऋण लिन पाउने सुविधा पाए पनि हालसम्म एनएमबीबाहेक अरू कुनै बैंकले ऋण ल्याउन सकेका छैनन्।

बैंकहरूले नविकरणीय ऊर्जा (जलविद्य्, सौर्य ऊर्जा र वायु ऊर्जा) उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकासजस्ता रियल स्टेटको क्षेत्रबाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको ५० प्रतिशत रकमसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्नेछन्,’ परिपत्रमा भनिएको छ।

यसैगरी विदेशबाट ऋण ल्याउने प्रक्रियामा बैंकहरूले एजेन्ट प्रयोग गर्न पाउने छुट पनि राष्ट्र बैंकले दिएको छ। यसअघि यस्तो छुट थिएन। विदेशबाट ल्याएको ऋणको ब्याजदरमा अन्य शुल्क वा कमिसन पनि जोड्न पाउने छुट दिएपछि बैंकहरूलाई उक्त बाटो खुलेको हो। यस्तो अतिरिक्त शुल्क वा कमिसन जोड्दा पनि तोकिएको ब्याज लागतको सीमाभित्र रहनुपर्ने राष्ट्र बैंकको निर्देशन छ।