मनोरञ्जन

बाटो पर्खेर भिडियो सार्बजनिक

काठमाण्डौ । हिन्दुहरुको महान चार्डको अवसर पारेर डि. ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिजले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक गरिएको छ । दशैं गीत ‘रुन्छ यो मन’ पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ ।

हाल सम्म चार हजार भन्दा बढी गीतमा स्वर दीइ सकेकी गायिका गीता देवीको साथमा यो गीतमा जे.गौतम ले स्वर दिएका छन् । डि एन दाहाल (धनपति) को शब्द संकलन रहेको उक्त गीतको लय संकलन एवं भिडियो परिकल्पना जे। गौतम स्वयम्को रहेको छ । यस गीत संगै जे।गौतमको एक दशक पछि सांगीतिक क्षेत्रमा पुनरागमन भएको छ । सार्बजनिक गीतमा भुवन प्रकाश बडूको संगीत संयोजन रहेको छ ।

काभ्रे जिल्लाको बनेपा, पनौती एवं बेथान चोक गाउँ पालिकाका विभिन्न मनोरम स्थान हरुमा छायांकन गरिएको भिडियोलाइ रोशन झाले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियो लाइ जे गौतमले सम्पादन गरेका हुन् । घर परिवार देखि टाढा रहेका जसले यस पालिको तिहारमा टिका थाप्न पाउदैनन तिनी हरुको मनको पिडालाइ यो गीतमा व्यक्त गरिएको छ ।