आर्थिक

पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य–चन्द्र ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको कुरा उल्लेख गरे । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आज राजधानीमा आयोजित ‘हिमालयन समीट’मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका छन् । नेपाल र चीनवीच प्राचीनकालदेखि नै रहीआएको ऐतिहासिक र संस्कृतीक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवाप्रदानगर्न नेपालमा दक्ष तालिमप्राप्त शिक्षीत युवाजनशक्ति तयार हुँदै गएको बताए ।

काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्सका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउदै माउन्ट एभेरेस्ट, उच्च हिमसृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानीगर्न विश्वका लगानीकर्तालाई आग्रहगरेका छन् ।

नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्विहुँदै गएकोमा प्रशन्नता ब्यक्तगर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिए ।
उक्त सत्रमा चिनीया र नेपालीपर्यटन क्षेत्रमालगानी गरेका र प्रतिनिधि सहितकरिव एक सय जनाको सहभागिता रहेको थियो ।