आर्थिक

सिटी एक्सप्रेस अध्यक्षमा गुरुङ, १८ प्रतिशत लाभांस दिने निर्णय

काठमाण्डौ । कार्तिक १६ गतेको सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ ।

उक्त साधारण सभाले सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भएबमोजिम १८ % लाभांंस दिने र यस संस्थाको कामन.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत गरेको छ ।