गण्डकी प्रदेश

गैंडाकोटमा यात्रुवाहक बस दुर्घटना, घाइते ११ मध्ये २ को अवस्था गम्भीर

गैंडाकोट । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ९, थुम्सीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सडक किनारमा रोकिराखेको लु २ ख ३७९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको लु १ ख ८११३ नम्बरको बस सोमबार बिहान पाँच बजेतिर ठोक्किएको हो ।

घाइतेहरुमध्ये नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ८ का ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका ३ का ३२ वर्षीय दिलिप चौधरीको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज, पुरानो मेडिकल कलेज र एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।