कर्णाली प्रदेश

स्थानीय जनताको श्रमदानमा निर्मित सडकमा गाडी पुग्यो

सल्यान । सल्यान जिल्लाको सदरमुकामबाट निकै टाढा दुरिमा रहेको दार्मा गाउपालिकाको वडा न १ र २ मा पर्ने ठानागाउ, बिष्टगाँउ, काफलगैरा,किमटाकुरा का स्थानीय जनताको जनश्रमदान बाट करिव ६ किमि दुरिमा रहेको मैदान–नुवाकोट सडक खण्ड अन्तर्गत काफलगैरामा राप्ती सार्वजनिक यातायात समितीको गाडी पुगेर उदघाट्न कार्यक्रम सम्पन भएको छ ।

सोहि कार्यक्रममा नेपाली काँग्रेशका युवा नेता समेत रहेका रामचन्द्र केसि ले स्थानीय जनताको श्रमदानबाट यो सम्भव भएको बताउदै स्थानीय जनतालाई धन्यवाद समेत दिएका थिए । उक्त कार्यक्रम का बोल्दै उहाले आफ्नो सकृयतामा यो सडक निर्माण भएको र आफु स्थानीय निकायको चुनावमा पराजित भयपछि आफुले चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताउदै जनताको साथ सहयोग पाएर आफु समृद्ध दार्मा निर्माणमा कटिबद्ध भएर निरन्तर बिकाश निर्माण का काममा आफु सदैव लाग्ने बताएका थिए ।

अव देखी यो सडक खण्डमा सदैव गाडि आउने ब्यवस्था मिलाउन सम्बन्धित निकाय सङ्ग समन्वय गरि यहाँका जनतालाई झुल्नेटा गयर सदरमुकाम खलगा पुग्न लामो यात्रा अव गर्न पर्दैन उनले भने जस्तै भयमा यातायातको सहजता हुने भएको छ । जनता अव सिधै काफलगैरा(फारुला हुदै श्रीनगर पुग्न सकिने छ । सोहि कार्यक्रममा वडा न २ का अध्यक्ष डिल्ली के सि पासाङ को समेत उपस्थिति रहेको थियो उहाले आफु बिकास निर्वाचित भयसंगै आफु बिकास निर्माणका काममा आफु निरन्तर लागिरहेको बताएका थिए । उक्त कार्यक्रममा स्थानीय युवा, बुद्धिजिवि समाजसेवि, नागरिक अभियन्ता र स्थानिय जनताको उल्लेख सहभागीता रहेको थियो !!