बाग्मती

पत्रकार स्मृति कोष स्थापना

काभे्रपलाञ्चोक । नेपाल फोटो पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकले पत्रकार जीवन पराजुलीको स्मृतिमा पत्रकार पुरस्कार कोषको स्थापना गरेको छ । महासङ्घका जिल्ला सहसचिव तथा जिल्लास्थित रेडियो गौरवमा कार्यरत २५ वर्षीय पराजुलीको यही कात्तिक १० गते दुर्घटनामा मृत्यु भएको थियो । रु एक लाखको अक्षयकोषको ब्याजबाट जिल्लाका दुई जना क्रियाशील पत्रकारलाई वर्षेनी कात्तिक १० गते पुरस्कृत गर्ने महासङ्घका जिल्ला अध्यक्ष केशवराज पौडेलले जानकारी दिए ।

महासङ्घले स्व पराजुलीको स्मृतिमा यसै हप्ता बनेपाका न्यूनदृष्टियुक्त नारायण सिग्देलकी प्राथमिक कक्षामा अध्ययनरत छोरीलाई एक वर्षको पाठ्यसामग्री सहयोग गर्ने जनाएको छ ।