पत्रपत्रिका

पाँच जलविद्युत अायोजनामा नेपालीको १०० अर्ब

काठमाडौं । ७२६ मेगावाट का पाँच जलविद्युत् आयोजना नेपालीको १०० खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेका छन्।

आर्थिक अभियान दैनिकका अनुसार सबैभन्दा ठूलो आयोजना माथिल्लो तामाकोशीमा नेपाल विद्युत् प्राधिकरण, सञ्चयकोषका कर्मचारी र सञ्चयकर्ता, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, दोलखाली नागरिकलगायतको लगानी छ।

यसैगरी मध्यभोटेकोशी रसुवागढी र साञ्जेनको दुवै आयोजनामा पनि प्राधिकरण, चिलिमे, सञ्चय कोषका कर्मचारी र सञ्चयकर्ता, तत्कालीन गाउँ र जिल्ला विकास समितिहरू, स्थानीय बासिन्दा, सर्वसाधारणलगायतको लगानी छ। यी पाँथ आयोजनामा  कुल एक खर्ब नेपाली रुपैयाँ लगानी रहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

थप जलविद्युत् विकासका लागि पनि देशभित्रबाटै लगानी जुटाउन सकिने उनको धारणा छ। ‘२२ मेगावाटको चिलिमेले कुल २७० मेगावाट क्षमताको चारवटा योजना अघि बढाउन सक्यो’, उनले भने, ‘यो स्थानीय रूपमै लगानी जुटाउन सकिन्छ भन्ने प्रमाण हो।

यसरी लगानी जुटाउँदै जाने हो भने हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ।