प्रवास

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघद्वारा सूचना आयोगकि आयुक्त तिम्सिनासंग अन्तरक्रिया

डीसी । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) द्वारा राष्ट्रिय सूचना आयोगकि आयुक्त यशोदा देवी तिम्सिनासंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
 
अमेरिकाको वाशिंगटन डिसीमा राज्य बिभाग तथा न्याय बिभागद्वारा आयोजना भएको कार्यक्रममा सहभागी हुन् आउनु भएकी तिम्सिनासंग ईन्जाले विश्वभरी फैलिएका नेपाली पत्रकारहरूलाई समेटी पत्रकारिताका विषयहरुको उठान, सामाजिक महत्व र चासो, वहस र निराकरणको शुरुवात गर्ने सिलसिलामा पहिलो शृंखलाका रूपमा “ईन्जा नेटवर्किंग” नामक कार्यक्रममा अतिथिको रुपमा तिम्सिनाबाट प्रारम्भ गरेको छ । 
 
आयुक्त तिम्सिनाले इन्जाले आयोजना गरि आफूलाई अवसर दिएकोमा धन्यवाद दिदै इन्जा फलोस फुलोस र इन्जा संग सहकार्य गरिन सकिने बताउनु भयो । तिम्सिनाले अमेरिकाबाट इन्जाको पहलमा नेपालमा पत्रकारहरुको क्षमता वृद्धि ,शीप आदि सम्बन्धि केही योगदान गर्न सकिने साथै नेपालबाट पनि पत्रकारहरुलाई अमेरिका झिकाएर यहाँ पनि केही गर्न सकिने बताउनु भयो । 
 
तिम्सिनाले वाशिंगटन डिसी स्थित राज्य बिभाग तथा न्याय बिभागमा भएको छलफलमा आफूहरुले आफ्ना मौजुद कानुनका बारेमा साथै अभ्यास बारेमा बताएको भन्नु भयो ।  छलफलमा नेपालको कानुन हाम्रो देशको भन्दा पनि कानुन राम्रो लागेको छलफलमा कुरा चलेको बताउनु भयो । तर कार्यन्वयन पक्षमा हामी कमजोर रहेकोले निरन्तर अभ्यास गर्नु पर्ने चर्चा भएको पनि बताउनु भयो । 
 
इन्जाको अन्तरक्रिया कार्यक्रममा सूचनाको हक सम्बन्धि आफ्ना विचार राख्दै सूचनाको हक जति कार्यन्वयन भयो त्यति लोकतन्त्र बलियो हुने जति सूचना हक बाट नागरिक बन्चित हुदै गए लोकतन्त्र कमजोर हुन्छ भन्नु भयो । 
 
तिम्सिनाले समग्रमा कुल जनसंख्याको ९० प्रतिसतले यो मेरो मौलिक हक हो भन्ने बुझेका छैनन भने १० प्रतिसतले बुझेका छन् भन्नु भयो । त्यसमा पनि २ प्रतिसत पत्रकार छन् भन्दै ती मध्ये ०.५ प्रतिसत पत्रकारले यो सूचनाको हकलाई बुझेर सूचना प्रयोग गरेका छैनन भन्नु भयो । 
 
सुचनाको हक बारेमा ४ बर्षमा ७५ वटै जिल्लामा गएको ,नगर पालिका, गाउँ पालिका तथा बिबिध समूहलाई सूचनाको हकको बारेमा जानकारी गराएको बताउनु भयो । यहा बसेर पनि सूचनाको हकको बारेमा जानकारी लिन सक्ने बताउनु भन्नु भयो । बिधुतिय प्रणालीबाट मलाई यो सूचना चाहियो भनेर निवेदन दिएमा पाउने जानकारी दिनु भयो । 
 
वहाले सूचनाको हक नागरिक हक हो पत्रकारको लागी कानुन ल्याएको हैन भन्नु भो । अन्तरक्रिया कार्यक्रममा इन्जा फलोस फुलोस भन्दै संस्था कुपोसित हुने स्थिति नआओस र अल्पआयु मै समाप्त हुने बाताबरण पनि नबनोस भन्दै शुभकामना दिनु भयो । 
 
उक्त अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा इन्जाका सभापति गुणराज लुइँटेलले इन्जाको बारेमा संक्षिप्त परिचय दिदै कार्यक्रम सुरुवात गरिएको थियो । सभापति लुइँटेलले मुख्य उद्धेश्य संसार भरका नेपाली समुदायलाई नेपाल संग जोड्ने तथा संसारभर छरिएर रहेका संचारकर्मी साथीहरु बीच पनि जोड्ने बताउनु भयो । 
 
लुइँटेलले नेपालका राम्रा कुराहरुलाई अन्तर्राष्ट्रिय जगतमा संचार माध्यमबाट गौरवको बिषयको रुपमा प्रचार प्रसार गर्ने बताउनु भयो । साथै समस्याहरुलाई विश्व समक्ष सम्बन्धित निकायमा पुर्याएर कसरी वहाहरु सहकार्य गरि विश्व समाजको रुपमा यसलाई समाधान गर्ने रहेको बताउनु भयो । 
 
कार्यक्रममा प्रत्यक्ष प्रसारण मार्फत आएका साथै सहभागी भएका संचारकर्मीले पनि केही जिज्ञाशा राखेका थिए भने आयुक्त तिम्सिनाले सबैको उत्तर दिनु भएको थियो । 
 
राष्ट्रिय सूचना आयोग सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचनाको हक संरक्षण, सम्बर्धन र प्रचलन गराउन गठित स्वतन्त्र निकाय हो । सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गराई सूचनामा नागरिकको पहुँच बढाई आफ्ना काम कारवाही खुला र पारदर्शी बनाउने तथा सरकारी तथा सार्वजनिक निकायहरुलाई नागरिकप्रति जवाफदेही बनाउनका लागि राष्ट्रिय सूचना आयोगको भूमिका महत्वपूर्ण रहेको छ ।