मनोरञ्जन

चर्चित गायिका टिका पुनको आवाजमा ‘ सपनीमा’

काठमाण्डौ । काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका टिका पुनको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘सपनीमा’ को भिडियो बजारमा आएको छ । गायिका टिका पुन र गायक शरण कुमार माझीको आवाज रहेको छ ।

नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल सर्जक राजिव तामाङको शब्द तथा गायक शरणको लय सिर्जना रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन, अनिल विष्ट प्युठानीको सम्पादन, विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ ।भिडियोमा विरेन्द्र परियार र संगीता क्षेत्रीको अभिनय प्रशंसा योग्य रहेको छ ।