आर्थिक

एनआई सी एशिया बैंकको शाखा अब लेटाङ्गमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाबाट समुद्घाटन भएको छ ।

एद्घाटन समारोहका प्रमुख अतिथीश्री ढुंङ्गानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्रबैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको जनाए । उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतले उपस्थित अतिथीलाई धन्यबाद ज्ञापन गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालय, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।