राजनीति

मन्त्री स्थापीतलाई राजीनामा दिन उच्च नेतृत्वको दबाब, नदिए निलम्बन गर्ने संकेत

मोहम्मद रहमान / काठमाडौं । प्रदेश नम्बर ३ का भौतीक पुर्बाधार मन्त्री केशब स्थापीत निलम्बनमा पर्ने सम्भाबना बलियो हुँदै गएको छ । बिहीबार बसेको प्रदेश नम्बर ३ को मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलका बिरुद्धमा मन्त्री स्थापीत आक्रमक भएका कारण उनलाई निलम्बन गर्ने तयारीमा मुख्यमन्त्री पौडेल रहेको बताईएको छ ।

मन्त्री स्थापीतले बिभिन्न कुरामा बिबाद हुंदा मुख्यमन्त्री पौडेलका बिरुद्ध अभद्र ब्यबहाहार गर्दै आक्रमक शैलीमा प्रश्तुत भएपछि मुख्यमन्त्री पौडेल मन्त्री स्थापीतसंग रुष्ट भएका हुन् । मुख्यमन्त्री पौडेल लगायतका केही मन्त्रीपरिषदका सदस्यहरु मन्त्री स्थापीतले सीँगो सरकारलाई नै बदनाम गराउन लागी परेको, मन्त्री हुँदा दिनभर घाम तापेर बस्ने बाहेक प्रदेश ३ को बिकासका लागी अगाडी बढ्न नसकेको, प्रदेशको बिकासमा भन्दा जिल्ला दौडाहामा बढी ध्यान दिएको लगायतका आरोप लगाउदै मुख्यमन्त्री पौडेलले मन्त्री स्थापीतलाई हटाउने ईच्छा राखेका छन् ।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापीत दुबै ओली निकट हुन, पौडेलले माधब नेपाल पक्षकी एमालेकी उच्च तहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हराएर मुख्यमन्त्री बनेका थिए । एमालेबाट ०५४ सालमा काठमाण्डौको मेयर भएर राम्रै ईज्जत कमाएका स्थापीत पछिल्लो समयमा एक संचारकर्मी सहित दुई महिलालाई यौन ह्यारास्म्यान्ट गरेको आरोपमा बिबादित छन् । सामान्य जीबन मनपराउने मुख्यमन्त्री पौडेल र मन्त्री स्थापीत दुबैसंग पछिल्लो समयमा प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । तैपनि मुख्यमन्त्री पौडेललाई पार्टीको भरपर्दो कार्यकर्ताको रुपमा प्रधानमन्त्रीले हेरेका छन् भने मन्त्री स्थापीत पछि संघीय समाजबादी फोरममा छिरेका हुनाले प्रधानमन्त्री लगायत नेकपाका नेताहरु शसंकीत छन् ।

देशको राजधानी काठमाण्डौ र तीनवटा महानगरपालीका भएको आर्थिक हिसाबले मुलुकै सम्पन्न प्रदेश नम्बर ३ को बिकास निर्माणका लागी मुख्यमन्त्री पौडेल र मन्त्री स्थापीतले प्रभाबकारी भूमिका खेल्न नसकेको आरोप नेकपाबृतमा लाग्दै दुबैको आलोचना भएको छ भने मन्त्री स्थापीतको चारित्रीक हिशाबले बद्नाम हुंदा नेकपा र प्रदेश ३ सरकारलाईमात्र नभएर सींगो ओली सरकारलाई नै अपजस जाने हुँदा प्रधानमन्त्री लयायत नेकपाका नेताहरु मन्त्री स्थापीतलाई निलम्बन गराउनुभन्दा अगाडी राजीनामा गराउन लागी परेका छन् । यदि मन्त्री स्थापीतले राजीनामा नदिएमा भने चैं निलम्बन गर्न समेत पछि नहट्ने संकेत पछिल्लो राजनीतिक घटनाक्रमले देखाएको छ ।

मुख्यमन्त्री पौडेललाई नटेर्ने भएपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली ठीक भएपछि निवासमा नै बोलाएर स्थापीतलाई राजीनामा दिन दबाब दिने सम्भाबना बलियो देखिएको छ । कतिपय माथिल्लो तहका नेताहरुले स्थापीतलाई उक्त सल्लाह दिईसकेको समेत समाचारहरु छरपष्ट पढ्न पाईन्छ । मुख्यमन्त्री पौडेल र मन्त्री स्थापीतको बिबादले प्रदेश नम्बर ३, केन्द्र सरकार र नेकपालाई असर नपरोस भन्ने कुरामा सचेत रहेको नेकपा उच्च स्रोतको दाबी छ ।