प्रदेश 2

थप १५ दिन सम्म प्रहरी हिरासतमा राउत

रौतहट । पछिल्लो समय बिवादमा रहेका डा. सिके राउत तराईलाई छुट्टै देश बनाउने दाबी गर्दै सर्वत्र चर्चामा आएका राउतलाई थप १५ दिन थुनामा राख्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

राज्यविरुद्धको संगठित अपराधको मुद्दामा प्रकाउ गरेर हिरासतमा रहेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न थप म्याद मागेको हो । सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान समेत रहेको छ ।

जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा आज बिहीबार भएको बहस पछिको फैसला अनुसार राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

राउत स्वतन्त्र मधेश गठबन्धनका संयोजक हुन् । २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु जि.प्र.का. रौतहट हिरासतमा रहेका छन् ।