लुम्बिनी

गौतमबुद्ध बिमानस्थलले शुरु गर्दैछ अन्तर्राष्ट्रिय उडान

काठमाडौ । बहुप्रतिक्षीत गौतमबुद्ध बिमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । बिमानस्थालका अधिकारीहरुका अनुसार अब बढीमा ६ महिनामा उक्त निर्माण कार्य सम्पन्न गरी अन्तराष्ट्रिय उडान हुनेछ । २०७६ साल असार १३ सम्ममा उडान गर्ने लक्ष्यका साथ बिमानस्थलको अन्तीम चरणका निमार्ण कार्यहरु तीव्र गतिमा भईरहेको छ ।

६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय १७ रुपैयामा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन गु्रुप चाईनाले विमानस्थल निर्माण सम्पन्न गर्ने ठेक्का लिएका कम्पनीले चिनियाबाट नै निमार्ण कार्यकालागी कामदारहरुलाई खटाइएको छ ।

त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थललेमात्र गरिरहेका अन्तराष्ट्रिय उडान सेवामा गौतमबुद्धको शुरुवातीपछि पुर्ण रुपले राहत हुने अनुमान सरकारी पक्षको छ । तीब्रगतीमा हुंदै गएको अन्तराष्ट्रिय क्षेत्रसंग नेपालको पहुँंचका कारण ३० बर्षभन्दा अगाडीदेखी शुरु गरिरहेको काठमाण्डौको एक अन्तर्राष्ट्रिय बिमानस्थलले यात्रुको चाप धान्न सकेको अवस्था छैन । गौतमबुद्ध विमानस्ल सञ्चालनमा आए पश्चात अन्तराष्ट्रिय उडानमा यात्रुहरुलाई सहजहुने विश्वास बिमानस्थालका अधिकारीहरुको रहेको छ ।