खेलकुद

प्रशिक्षक बर्खास्त गरेपछि रियलको उत्कृष्ट कमव्याक

काठमाडौँ । कोपा डेल रे फुटबलमा रियल मड्रिडले मिलीलालाई चार शुन्यले पराजित गरेको छ।

बुधबार रातिभएकाे खेलमा तल्लो डिभिजनको क्लव मिलीलाविरुद्ध जित निकाल्न रियलका लागि २८ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे। पहिलो हाफको इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै टिमको अग्रता दुई शुन्यमा पुर्‍याए ।

७९ औं मिनेटमा अल्भेरो ओड्रियोजोला गोल गरेपछि रियलले अन्तर तीन शुन्यमा पुर्‍यायो । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रिस्टो गोन्जालेजले रियलका लागि चौथो गोल गरे।

रियल मड्रिडको लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको थियो।

प्रशिक्षक लोपेटेगीको प्रशिक्षणमा रियलले लगातार खराब प्रदर्शन गरेपछि गएको सोमबार राति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो।