आर्थिक

सिटी एक्स्प्रेस ‘एक लाख’ विजेता थापा घोषित

काठमाण्डौ । सिटी एक्स्प्रेसको“लखपति एक्स्प्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् ।

त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले रु १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख जित्न सक्नेछन् ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार रसिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्षमा१२ लाख जित्न सक्ने घोषणा भएको थियो।
यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार जितिसकेका छन्। ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाकाएक लाखको मासिक लक्की ड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरेको कम्पनीले जनाएको छ ।