समाचार

प्रधानमन्त्री ओलीसँग भेटघाटमा पूर्णतया रोक, डाक्टरले निकाले यस्तो बिज्ञप्ती

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रोक लगाईएको छ । बिरामी भएर मनमोहन कार्डियोलोजि बिभाग शिक्षण अस्पतालमा उपचार गराईरहेका प्रधानमनत्री ओलीको स्वास्थ्य अवस्था स्थीर र सुधार रहेको चिकित्शकले बताएपनि भेटघाटमा पुरै प्रतिबन्ध लगाईनुले उनको स्वास्थ्यस्थीति जटिल बन्दै गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
नेकपाभित्र चर्किएके बिबाद छताछुल्ल भएपछि तनाबमा रहेका नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्न पार्टी नेता कार्यकर्ता, शुभेच्छुकहरुको भीड लाग्न थालेपछि स्वास्थ्यको कारण देखाउदै डाक्टरहरुले बिज्ञप्ती नै निकालेर भेटघाट बन्द गरेका छन् ।

सोमबारमात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राजपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका अर्का अधयक्ष पुष्पकमल दहाल लगायत बिशिष्ट बयक्तीहरुले भेट गरी सुस्वास्थ्यको कामना गरेका थिए ।