समाचार

राष्ट्रपति भण्डारी दिवाभोजमा सरीक

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख तमिम बीन हमाद अल थानीले आज आयोजना गरेको दिवाभोजमा सरिक भएका छन् । कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा दिवाभोजको आयोजना गरेका हुन् ।
मित्र राष्ट्र अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि चारदिने कतार भ्रमणमा छन् ।