समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार, रगत र एक्स–रे रिपोर्ट सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परिक्षण तथा छातिको एक्स–रेलगायतको रिपोर्टहरु सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्या सिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित समुह खटिएको छ ।

डा. सायमीका अनुसार मंगलबार बिहान प्रधानमन्त्री ओलीले व्रेकफास्ट लिएका छन् भने दाह्री समेत आफैले काटेका छन् ।

डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीमा ज्वरो छैन भने खोकी धेरै कम भएको तथा प्रेशर पनि साइजमा आएको छ ।

चिकित्सकहरुका अनुसार यसैगरी सुधार भए अबको २ दिनमा प्रधानमन्त्रीलाई रिफर गरेर बालुवाटार पठाइने छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य विग्रेसिछ सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।