बाग्मती

टिपर दुर्घटनामा दुईको मृत्यु

रसुवा । कालिका गाउँपालिका–४ आम्बासमा भएको  दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा ४ ख ८३६६ नम्बरको टिपर दुर्घटना हुँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिए । घाइते चालक जीवराम थोक्रासहित तीन जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उक्त टिपर सडकदेखि २०० मिटर तल खसेको बताइएको छ ।