आर्थिक

धनगडीमा पनि अब टोयोटाको शोरुम

काठमाडौँ । टोयोटाको ५२ वर्ष देखिको नेपालको लागि एक मात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रदेश ७ धनगढिको बसन्त क्लासिक अटोमोबाइल्सलाइ औपचारिक रुपमा टोयोटाको ३ एस सेवा दिने गरि बिक्रेता नियुक्त गरेको छ। चर्चित कम्पनि टोयोटाद्वारा उत्पादित गाडी अब धनगढिमा पनि सहज रुपमा उपलब्ध हुनेछ ।

प्रदेश ७ को धनगढिमा खोलिएको यस नयाँ ३एस सेवा टोयोटाको अन्तराष्ट्रिय गुणस्तरलाइ ध्यानमा राखी संचालनमा ल्याइएको हो । धनगढिका ग्राहकहरुको अत्याधिक मागलाई महसुस गरि बसन्तक्लासिक अटोमोबाइल्सले टोयोटालाइ धनगढिमा ल्याउने उदेश्यबोकी अघि बढेको थियो र यस अघि बसन्तक्लासिक अटोमोबाइल्सले सोहि सम्बन्धि व्यापार गर्दै आइरहेको थियो। बजारको आवश्यकता र क्षमतालाइ मध्यनजर गर्दै बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटा परिवारमा समाबेश हुने निर्णय गरि यस नयाँ शोरुम खोलेको हा ।

यही कार्तिक १२ गते सम्पन्न भएको यस नयाँ शोरुमको भब्य उद्घाटनमा युटीएसका बरिष्ट निर्देशक कैलाश भक्त राजभण्डारी एवं बसन्त क्लासिकका भुवन भट्ट, बसन्त भट्ट, र देवीदत्त भट्टद्वारा रिबन काट्ने र पानसमा बत्तिबालेर शोरुमको औपचारिक उद्घाटन गरिएको थियो । १५० भन्दा बढी ग्राहकहरुको सहभागिता रहेको यस उद्घाटन कार्यक्रममा कैलाश राजभण्डारी द्वारा स्वागत मन्तब्य गरिएको थियो र शोरुमको बारेमा बोल्दै ग्राहकलाइ चाबी सुम्पिए ।

बसन्त क्लासिक अटोमोबाइल्सले प्रदेश ७ मा अन्य प्रदेशका बिक्रेताहरुले झैँ गुणस्तर एवं सहज ढंगमा सेवा दिनेमा युटीएस बिस्वस्त रहेको छ । ग्राहकलाई कुनै पनि कठिनाई नहोस भन्ने सोच बोकी यस शोरुमले विभिन्न योजना तयार गरेको र उत्कृस्ट सेवादिने यस शोरुमका संचालकले जनाएका छन । जापानीमा “काइजेन “अर्थात् सदैव सुधार गर्न तत्पर“ लाइ ध्यानमा राखी यस नयाँ शोरुमले आउने दिनहरुमा राम्रो सुबिधा दिने र सबैलाइ राम्रो हुने गरि सेवाप्रदान गर्नेमा युटीएस ढुक्क छ ।