समाचार

निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा फेरि आगो दन्कियो

काठमाडौँ । बलात्कारपछि विभत्स हत्या गरिएकी कञ्चनपुर उल्टाखाममी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा फेरि व्यापक प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मी र पिडित परिवारले निर्मलाको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

यस्तै प्रदर्शनकारीहरुले प्रदर्शनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ । निर्मलालाई चाडो भन्दा चाडो न्याय दिलाउन माग गर्दै प्रजिअ तारानाथ अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको करिब ३ महिना बितिसक्दा समेत अपराधीमा पत्ता नलागेकाले प्रहरीमाथि जनविश्वास गुम्दैँ गएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बर्खास्तीमा परेका तत्कालिन एसपी डिल्लाराज बिष्ट र ईन्स्पेक्टर जगदीश भट्टमाथि कानुनी कारवाही नचलाईनु दुःख भएको विज्ञप्तीमा लेखिएको छ । निर्मलाको हत्यारा पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने निर्मलाका बाबु, आमा, महिला अधिकारकर्मीले बताए ।