मनोरञ्जन

‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड’ मा नेपालको प्रतिनिधित्व गर्दै उदयीमान मोडलहरु

काठमाडौं । कोरियाको इन्चियन शहरमा आयोजना हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै नेपालका उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली शनिबार साँझ ७ ः३० मा कोरिया प्रस्थान गरेका छन् ।

कोरियोको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा आयोजना हुने यो प्रतियोगितामा सहभागी हुन उनीहरु नेपाली कलासंस्कृति सहित त्यस तर्फ उडेका हुन् ।

२८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात-११ कत्र्तिकदेखि १५ सम्म’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिले बिश्वमा नेपालको नाम चिनाउने छन् ।

नेपालको प्रतिनिधित्व गर्र्दै प्रतियोगीतामा सहभागी मध्य अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप बिजेता हुन् ।

अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् ।

सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । नेक्स्ट मोडल्स नेपाल कार्यक्रमको आधिकारिक फ््यान्चाइज पनि रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए । सबै सहभागीलाई उक्त प्रतियोगीताका लागि आवश्यक पर्ने तालिम र कोरियोग्राफी रोजिन शाक्यले गरेका छन् ।