विचित्र संसार

होसियार ! अनलाईनबाट मोबाईल अर्डर गर्दा ईट्टा परेपछि…

काठमाडौँ । अनलाइन सपिङबाट मोबाइल किन्दा ‘इट्टा’ परेको भन्दै भारतका एक व्यक्तिले आरोप लगाएका छन् । भारतको औरङ्गावादमा स्थानीय गजानन खरातले चर्चित अनलाइनबाट मोबाइल अर्डर गर्दा ‘इट्टा’ परेको भन्दै सो अनलाइन सपिङ कम्पनीविरुद्ध उजुरी दर्ता गराएका छन् ।

मोबाइल अर्डर गर्दा खोलभित्र इट्टा भेटिएको भन्दै स्थानीय प्रहरी चौकीमा उजुरी समेत दर्ता गराइसकेका छन् । उनले सो साइटबाट ९ हजार १ सय ३४ रुपैयाँ भुक्तान गरेर मोबाइल अर्डर गरेको भएपनि मोबाइलको खोलमा इट्टा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत साता बुधबार भएको यस घटना बाहिर आएपछि कम्पनीले एक साताभित्र नयाँ फोन पठाईदिने भन्दै म्यासेज गरेको जनाइएको छ । कर्मसियल कम्पनीलाई जालसाँची मुद्धा लगाइने तयारी भईरहेको स्थानीय प्रहरीले जनाएको छ । –एजेन्सीको सहयोगमा