मनोरञ्जन

निरञ्जलीको अभिनय रहेको नयाँ म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौँ । मोडेल निरञ्जली लामाको अभिनय रहेको नयाँ म्युजिक भिडियो बजामा आएको छ । गायक प्रदीप लामाको एल्बम ‘मनमनै’ गीतको भिडियोमा मोडेल लामा सँगै सरु लामाले पनि अभिनय गरेकी छन् । गीतमा स्वंय प्रदीप लामाले नै अभिनय गरेका छन् ।

उक्त म्युजिक भिडियोलाई लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । सञ्जित श्रेष्ठले खिचेको उक्त भिडियोलाई विक्रम अधिकारीले एडिटिङ गरेका छन् । यो समाचार तयार पार्दासम्म गीतलाई करिब ६ हजार पटक हेरिसकिएको छ । गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यस्तोे छ गीतको भिडियोः–