राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मन्त्रिपरिषद् बैठक बालुवाटारमै बोलाईयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो ज्वरो र रुघाखोकीले च्यापेर पार्टीले आयोजना गरेको चियापानमा समेत उपस्थित हुन नसकेका ओलीको स्वास्थ्यमा हिजोको तुलनामा आज केही सुधार आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

रुघाखोकी र ज्वरोले समातेपछि प्रधानमन्त्रीलाई चिकित्सकहरुले आराम गर्न सुझाव दिएका थिए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक सरकारी निवास बालुवाटारमै बोलाएका छन् ।

मन्त्रिपरिषद्को बैठक दिउसो बोलाईएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।