खेलकुद

विश्वकपको ट्रफी चन्द्रागिरी डाँडामा, पूर्वकप्तानद्वय कर्माचार्य र अग्रवालले गरे सार्वजनिक

काठमाडौं । गएको शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।

चन्द्रागिरीमा राखिएको ट्रफीलाई त्यहाँ केहीबेर राखे पछि आजै प्रधानमन्त्री केपी शर्मा ओली र सर्वसाधारणलाई समेत देखाइने कार्यतालिका रहेको बताईएको छ ।

ट्रफीलाई भोलि वसन्तुपरमा लगिने कार्यक्रम छ । यसअघि हिजो मात्रै शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ ।

शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपाल राखेर सोमबार नेपालबाट फिर्ता लगिने कार्यक्रम रहेको छ ।
ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।
विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जानकारी दिएको छ ।