राजनीति

जय होस भन्दैँ बाबुरामद्वारा नेकपाको चियापान बहिष्कार !

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रम बहिष्कार गरेका छन् । शनिबार बिहान एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले चियापानमा आफू निम्ता गरेकामा नेकपालाई धन्यवाद दिदैँ आफू उपस्थिती जनाउन असमर्थ रहेको बताएका हुन् ।

यस्तै बाबुरामले चियापानमा हुने खर्च उत्पादनशील क्षेत्रमा खर्च गर्न सत्तासीन पार्टीलाई सुझाएका छन् । उनले ट्वीटमार्फत नेपाल कम्युनिष्ट पार्टीलाई प्रश्न गर्दै भनेका छन्, गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि ?

सबैको जय होस् भन्दै डा. भट्टराई ट्वीटमा अगाडी लेखेका छन, सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद१तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस ! ।