कर्णाली प्रदेश

जिप दुर्घटना हुँदा घाइते भएकालाई उपचारका लागि काठमाडौँ

जुम्ला । सिंजा गाउँपालिकाको नराकोटमा जिप दुर्घटना हुँदा घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार हुन नसक्दा चन्दननाथ–९ तलिउमका गगन नेपाली, दीपक नेपाली तथा सोही नपा–३ का जीतेन्द्र खत्री र दुल्लु नपा–५ दैलेखका भक्ति साउदलाई काठमाडौँ चलान गरिएको हो ।

नेपाली सेनाको पहिलो चाटरमा तीन र दोस्रो चाटरमा एक जनालाई लैजाने व्यवस्था गरि बुलबुले यातायात व्यवसायी तथा कर्णाली प्रदेशको समन्वयनमा घाइतेलाई काठमाडौँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापाले बताए । जुम्ला बजारबाट नराकोटसम्म रिर्जभमा गएको भे१ज ८६५ नं को जिप बुधबार दुर्घटनामा परी एकै परिवारका तीनको मृत्यु भएको थियो ।