समाचार

दिगो विकासका लागि नवप्रवर्तन

काठमाडौँ । ‘दिगो विकासका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज यहाँ ७३ औँ संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस मनाइएको छ । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा उक्त संस्थाको झण्डा फहराएर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रसङ्घका विशिष्टिकृत निकायका गतिविधि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शान्ति प्रवद्र्धन, समृद्ध एवं समतामूलक समाज निर्माण तथा नेपालको दिगो विकासमा साझेदारी बढाउन राष्ट्रसङ्घले निर्वाह गरेको भूमिका झल्कने विविध सामग्रीसमेत प्रस्तुत गरिएको थियो । उक्त अवसरमा शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्कोले) आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।